दफा १२
खानतलासी कब्जा वा गिरफ्तार गर्न सकिने
(१) कुनै व्यक्ति फर्म कम्पनी वा संस्थाले इजाजतपत्र नलिई अन्त:शुल्क लाग्ने वस्तु वा उत्पादन पैठारी बिक्री वा सञ्चय गरी वा अन्त:शुल्क लाग्ने सेवा प्रदान गरी व्यवसाय सञ्चालन गरेमा वा दफा ११ बमोजिम अन्त:शुल्क छलेको भन्ने कुराको जानकारी अन्त:शुल्क अधिकृत वा निजले खटाएका कर्मचारीले पाएमा त्यस्ता अधिकृत वा कर्मचारीले त्यस्तो कार्य भैरहेको प्रतिष्ठान घर जग्गा सवारी साधन वा स्थानको खानतलासी लिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम खानतलासी लिँदा यस ऐन विपरीत अन्त:शुल्क लाग्ने वस्तुको उत्पादन बिक्री पैठारी सञ्चय वा ओसार पसार गर्ने कार्य वा अन्त:शुल्क लाग्ने सेवा प्रदान गरी व्यवसाय सञ्चालन गर्ने काम गरेको पाइएमा त्यस्तो काममा सरिक भएको व्यक्तिलाई खानतलासी लिने अधिकृत वा कर्मचारीले पुर्जी दिई गिरफ्तार गरी त्यहा“ प्राप्त वस्तुको मुचुल्का खडा गरी कब्जामा लिनु पर्नेछ ।

(३) यस ऐन अन्तर्गतको कुनै कसूर कुनै प्रतिष्ठान घर जग्गा सवारी साधन वा स्थानमा भैरहेको छ र तुरुन्तै केही कारबाही नगरेमा अभियुक्त भागी जाने वा कसूरको सबुत प्रमाण गायब हुने सम्भावना देखेमा अन्त:शुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले सो कुराको पर्चा खडा गरी आफैंले वा आफ्नो मातहतका कर्मचारीद्वारा जुनसुकै बखत देहायका कामहरु गर्न गराउन सक्नेछः-

(क) त्यस्तो प्रतिष्ठान घर जग्गा सवारी साधन वा स्थानमा प्रवेश गर्न

(ख) त्यसरी प्रवेश गर्दा बाधा विरोध भएमा त्यस स्थानमा रहेबसेका मानिसलाई त्यहा“बाट हट्न मनासिब माफकिको मौका दिई झ्याल ढोका “गोरी प्रवेश गर्न

(ग) कसुरसँग सम्बन्धित अन्त:शुल्क लाग्ने वस्तु र सो बमोजिमको कसुर प्रमाणित गर्न सहायक हुने अन्य वस्तु कब्जा गर्न र सो स्थानलाई सिलबन्दी गर्न

(घ) इजाजतपत्र निलम्बन गर्न र

तर त्यस्तो निलम्वन सात दिनभन्दा बढी अर्वाधिको लागि गर्न पाइने छैन र त्यसरी निलम्बन गरेको साठी दिनभित्र तत्सम्बन्धी आवश्यक निर्णय गरी सक्नु पर्नेछ ।

(ङ) कसूर गरेको भनी शङ्का लागेको व्यक्तिलाई गिरफ्तार गर्न ।

(३क) उपदफा (३) को खण्ड (ङ) बमोजिम कुनै व्यक्तिलाई गिरफ्तार गरिएकोमा गिरफ्तार गरिएको व्यक्ति सहित त्यस्तो गिरफ्तारीको स्वीकृतिको लागि अन्त:शुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

(४) यस दफा बमोजिम कुनै प्रतिष्ठान घर जग्गा सवारी साधन वा स्थानमा प्रवेश गर्दा वा खानतलासी लिँदा सम्बन्धित महानगरपालिका उपमहानगरपालिका नगरपालिका वा गाउँपालिकाका प्रतिनिधिलाई रोहवरमा राख्नु पर्नेछ ।

(५) यस ऐन बमोजिम कसैलाई गिरफ्तार गरेकोमा वा कुनै व्यक्ति प्रतिष्ठान घर जग्गा सवारी साधन वा स्थानको खानतलासी गरेकोमा वा अन्त:शुल्क लाग्ने वस्तु वा अन्य वस्तु कब्जा गरेकोमा त्यसरी खानतलासी वा गिरफ्तार गर्ने अन्त:शुल्क अधिकृतले त्यसको प्रतिवेदन विभागको महानिर्देशक समक्ष सो गिरफ्तार खानतलासी वा वस्तु कब्जा गरेको मितिले चौबीस घण्टाभित्र छिटो साधनद्वारा पठाउनु पर्नेछ । अन्त:शुल्क अधिकृत बाहेक निजको मातहतका अन्य कर्मचारीले त्यस्तो काम गरेमा निजले त्यसको प्रतिवेदन त्यस्तो काम गरेको मितिले चौबीस घण्टाभित्र अन्त:शुल्क अधिकृत वा विभाग समक्ष पठाउनु पर्नेछ ।

(६) “यस ऐन बमोजिम कसूरको तहकिकातको सम्बन्धमा अन्त:शुल्क अधिकृतलाई प्रचलित कानून बमोजिम प्रहरीलाई भए सरहको अधिकार हुनेछ।

(७) खानतलासी गिरफ्तार वा कब्जा गर्ने काममा अन्त:शुल्क अधिकृतले सहयोगको निमित्त स्थानीय प्रशासन वा प्रहरीसँग अनुरोध गरेमा स्थानीय प्रशासन वा प्रहरीले तत्काल सहायता प्रदान गर्नु पर्नेछ ।